Logo

महेश बाबुकाे चलचित्रले कति कमायाे ?



Spread the love


एजेन्सी । सुपरस्टार महेश बाबुले फेरि एक पटक बक्स अफिसमा धमाका गरेका छन् । जनवरी १० मा रिलिज भएको  महेश बाबु अभिनित चलचित्र सरिलरु नीकेवरुले १०० करोड भारु कमाइसकेको छ । इपिक चलचित्र बाहुबली फ्रेन्चाइजपछि धेरै कमाउने टलिउडको पहिलो चलचित्र सरिलरु नीकेवरु बनेको हो ।

“यो समयमा मैले नयाँ उत्साहको अनुभव गरेँ । मैले धेरै सिरियस चलचित्रमा काम गरेको छु । तर पहिलोचोटि मैले मेरा समर्थकहरुको दिमागमा बस्ने गरी चलचित्रमा काम गरेँ । परिणाम हेरौँ यो सही निर्णय थियो । जब हामीले ठुलो चलचित्रमा काम गर्छौँ, हामीले नयाँ इतिहास कोर्न चाहन्छौँ, ” महेश बाबुले भने ।

सरिलरु नीकेवरुमा महेश बाबुसँगै प्रकाश राज, विजयशान्ति, रश्मिका मंदना र राजेन्द्र प्रसाद मूख्य भूमिकामा रहेका छन् । चलचित्रको निर्देशनमा अनिल रविपुड रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्