Logo

अग्नि सापकोटाद्वारा सभामुख पदका लागि उम्मेदवारी दर्ता



Spread the love

७ माघ, काठमाडौं । नेकपाका सांसद् अग्निप्रसाद सापकोटाले सभामुखका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार बिहान सुवास नेम्वाङको प्रस्ताव तथा देव गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीको समर्थनमा सापकोटाले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ताका लागि आज दिउँसो २ बजेसम्मको समय तोकिएको छ ।

यससँगै सापकोटा सर्वसम्मतरुपमा सभामुख चयन हुने लगभग निश्चित जस्तै बनेको छ । प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने र एक जना महिला हुनैपर्ने संवैधानिक व्यवस्था छ । नयाँ सभामुख चयन गर्न आउँदो आइतबार दिउँसो ३ बजे मतदान हुँदैछ ।

कांग्रेस संसदीय दलको मंगलबार बिहान बसेको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको छ । योसँगै सभामुखमा सापकोटाको मात्रै एकल उम्मेदवारी हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्