Logo

रघु रामले गरे छोराको फोटो सार्वजनिक



Spread the love

 

एजेन्सी । रघु रामले आफ्नो छोरा रिदमको तस्बिर सार्वजनिक गरेका छन् । नताली डी लुस्सियो र रघु रामलाई जनवरी ६ मा सन्तान लाभ भएको थियो । सोमबार रघुरामले इन्स्टाग्राममा तस्बिर सार्वजनिक गरेका थिए । सार्वजनिक गरिएको तस्बिरमा रघुले बच्चालाई काँधमा राखेका छन् । बच्चाले कालो सर्ट लगाएको छ तर बच्चाको अनुहार भने देखिएको छैन ।

उनले रिदमको फोटो हाल्दै सुगन्ध गर्गलाई धन्यवाद दिएका छन् । सुगन्ध गर्ग उनकी पूर्व पत्नी हुन् ।

४४ वर्षीय रघु राम भारतीय टेलिभिजनका निर्माता हुन् । उनलाई विशेष गरी एमटिभी रोडिजबाट बढि चिन्ने गरिन्छ । उनले केही चलचित्रमा पनि अभिनय गरेका छन् ।

https://www.instagram.com/p/B7h8k1WANPS/?utm_source=ig_embed

 

प्रतिक्रिया दिनुहोस्