Logo

विश्वलाई मेरो खाँचो छ, किन मैले बिहे गर्ने – कंगना रनाैत



Spread the love

एजेन्सी । बलिउडकी कलाकार कंगना रनाैतले बिहे बारेमा प्रश्न गर्दा विश्वले मलाइ खोजिरहेको छ, मैले किन बिहे गर्ने भनेर उत्तर दिएकी छिन् ।

बम्बइ टाइम्सका अनुसार उनले भनिन्, “मेरो खाँचो विश्वलाई छ, किन म एउटा व्यक्तिमा लागि परुँ ? तिमी कसैमा भर पर्नु पर्दैन । विवाह भनेको एउटा जालो हो । जब तिमी आफैले राम्रो प्रदर्शन गरिरहेको छौ भने विवाह गर्नु आवश्यक छ र ? यसमा कुनै सही तर्क देख्दिन म ।”

तर पछि भने उनी केही लचिलो भई बिहेको बारेमा बताएकी छिन् ।

“संवेगात्मक, आर्थिक अनि आत्मिक रुपले म आफ्नो जीवनसाथीसँग अहिलेको भन्दा राम्रो गर्नसक्छु । दुबै जनाले सँगै काम गर्दा राम्रो पनि हुन्छ । म विवाहको लागि म तयार छु । मैले विहे नगर्दा म जुन अवस्थामा छु, त्यहाँबाट म तल खस्दिन । आश्विनी र नितेशले सँगसँगै राम्रो गरिरहेका छन् । यसका साथसाथै उनीहरुले आफ्नो परिवार पनि बढाइरहेका छन् । मलाइ लाग्छ यसले काम गर्छ,” कंगनाले थपिन् ।

अहिले कंगना आउन लागेको चलचित्र पंगाको प्रचारमा लागि परेकी छिन् । पंगना चलचित्रमा उनी कबड्डी खेलाडीको रुपमा देखिएकी छिन् । आश्विनी तिवारीद्धारा निर्देशित पंगा चलचित्र जनवरी २४ मा रिलिज हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्