Logo

शुक्रबार रिलिज हुँदै चलचित्र कमाण्डर



Spread the love


काठमाडौं । सुपेरियर फिल्मको ब्यानरमा बनेको नेपाली कथानक चलचित्र कमाण्डर माघ १० अर्थात् यहीं शुक्रबार रिलिज हुँदैछ ।

प्रस्तुत चलचित्रमा एउटा इमान्दार प्रहरी अधिकृतलाई देखाइएको छ । प्रहरीले देश र जनताको लागि के कस्ता चुनौतीहरुको सामना गर्नुपर्छ उक्त कुरालाई स्पष्ट पार्नको लागि यस चलचित्रको निर्माण भएको निर्देशक तथा निर्माता विवेक सापकोटा बताउँछन् ।

चलचित्रमा अनुप विक्रम शाही, रोविन तामाङ, प्रेम शर्मा, साधना सिलवाल लगायतका कलाकारको अभिनय रहेको छ । सगुन थापा र साधना सिलवालले यहीं चलचित्रमाफर्त कलिउडमा डेब्यू गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्