Logo

कालीकोट तिलागुफाकी उपमेयर अमेरिकामै लुकिन्



Spread the love

९ माघ, काठमाडौं । गोष्ठीमा सहभागी हुन अमेरिका पुगेकी कालीकोट तिलागुफा नगरपालिकाकी उपमेयर दन्ता नेपाली (दर्शना) उतै लुकेकी छन् ।

अमेरिकामा आयोजित एक गोष्ठीमा नगरपालिका संघमार्फत् गएकी दन्ता त्यहाँ गइसकेपछि कुनै खबर नगरेको तिलागुफाका मेयर रत्न बहादुर शाहीले जानकारी दिए। उपमेयर नेपाली गत कात्तिक महिनामा कार्यक्रममा भाग लिन अमेरिका गएकी थिइन्। उपमेयर अमेरिका पुगेपछि एक पटक मात्र टेलिफोन सम्पर्क भएको मेयर शाहीले बताए। उनका अनुसार टेलिफोनमा उपमेयरले ‘आफू बिरामी भएकाले फर्किन नसकेको’ बताएकी थिइन्।

‘उहाँ गइसकेपछि एक पटक टेलिफोनमा कुरा भएको हो, त्यसबेला बिरामी छु भन्नुभएको थियो,’ मेयर शाहीले भने, ‘त्यसपछि कुनै जानकारी छैन।’

प्रतिक्रिया दिनुहोस्