Logo

बलिउडमा सबैभन्दा धेरै कमाएका १० चलचित्र



Spread the love


एजेन्सी । गएको केही वर्षयता बलिउडले बक्स अफिसमा आफ्नो करामत देखाएको छ । जुन सफलताले बलिउडलाई विश्वको सबैभन्दा ठुलो चलचित्र उद्योगको रुपमा स्थापित हुन सहयोग गरेको छ । अहिले धेरै चलचित्रहरुले सय करोडको रेकर्ड बनाइरहेका छन् । तीन खानमध्ये चारवटा चलचित्रमा अमिर खान, तीनवटा चलचित्रमा सलमान खान र एउटामात्र चलचित्रमा शाहरुख खानले अभिनय गरेका छन् । धेरै कमाउने चलचित्रहरु सबै पुरुषले निर्देशन गरेका छन् । प्रमुख भूमिकामा महिला भएको र अनि कमाइ धेरै गरेको चलचित्र भने एउटा मात्र रहेको छ । राजकुमार हिरानीको चलचित्र पद्मावतीमा दीपिका पादुकोण प्रमुख भूमिकामा देखिएकी छिन् ।
बलिउडमा धेरै कमाउने चलचित्रहरुको बारेमा यहाँ छोटकरीमा वर्णन गरिएको छः

१०) चेन्नइ एक्सप्रेस

Image result for chennai express

सन् २०१३ मा चेन्नइ एक्सप्रेस रिलिज भएको थियो । चेन्नइ एक्सप्रेस रोहित शेट्टीद्धारा निर्देशित भएको चलचित्र हो । चलचित्रमा प्रमुख भूमिकामा शाहरुख खान छन् भने उनलाई दीपिका पादुकोण, मुकेश तिवारी र निकितिन धीर लगायतका कलाकारहरुले साथ दिएका छन् । विश्वभरमा गरी चलचित्रले ३९६ करोड भारु कमाएको थियो ।

९) टाइगर जिन्दा है

Image result for tiger zinda hai

टाइगर जिन्दा है टाइगर चलचित्रको सिक्वेल हो । अलि अब्बास जफरद्धारा निर्देशित चलचित्र सन् २०१७ मा रिलिज भएको थियो । प्रस्तुतु चलचित्रमा सलमान खान प्रमुख भूमिकामा देखिएका छन् । उनका साथसाथै चलचित्रमा कैटरिना कैफ, परेश रावल, गिरिस कर्नाड र निर्देशक जफरको पनि अभिनय देख्न सकिन्छ । टाइगर जिन्दा हेले ५५५ करोड भारु बनाउन सफल भयो ।

८) धुम– ३

Related image

 

धुम र धुम–२ सन् २००४ र २००६ मा क्रमश रिलिज भएका थिए । तर धुम–३ आउन भने निकै लामो समय लाग्यो । धुम– ३ सन् २०१३ मा रिलिज भएको थियो । विजय कृष्ण आचार्यद्धारा निर्देशित प्रस्तुत चलचित्रमा अमिर खानको डबल रोल रहेको छ । प्रमुख भूमिकामा देखिएका अमिर खानलाई अभिशेष बच्चन, कैटरिना कैफ, उदय चोप्रा र ज्याकी श्राफलगायतका कलाकारहरुले साथ दिएका छन् । प्रस्तुत चलचित्रले ५५८ करोड भारु कमाएको थियो ।

७) पद्यावत

Related image

निर्देशक संजय लीला भंसाली भारतका अर्का सफल चलचित्र निर्देशक हुन् । पद्यावत पनि भंसालीद्धारा निर्देशित चलचित्र हो । प्रस्तुत चलचित्रमा दीपिका पादुकोण प्रमुख भूमिकामा देखिएकी छिन् । चलचित्रमा रणवीर सिंह र शाहिद कपुरको पनि अभिनय रहेको छ । सन् २०१८ मा रिलिज भएको पद्यावतले ५६०.८ करोड भारु कमाएको थियो ।

६) सुल्तान

Image result for sultan

सलमान अभिनित चलचित्र सुल्तान सन् २०१६ मा रिलिज भएको थियो । प्रस्तुत चलचित्र अली अब्बास जफरले निर्देशन गरेका हुन् । चलचित्रमा सलमान खानसँगै अनुष्का शर्मा, रणदीप हुड्डा र अमित साद लगायतका कलाकारहरुको भूमिका रहेको छ । चलचित्रले ५८१ करोड भारु बनाउन सफल रह्यो ।

५) सन्जु

Image result for sanju

राजकुमार हिरानी पनि भारतका एक सफल निर्देशक हुन् । सन्जु फिल्म बलिउडका कलाकार सन्जय दत्तको जीवनीमा आधारित रहेको छ । सन्जुमा रणविर कपुर प्रमुख भूमिकामा देखिएका छन् । यसैगरी चलचित्रमा सन्जय दत्त, सोनम कपुर, सुनिल दत्त, परेश रावल, मनिशा कोइराला लगायतका कलाकारहरुको अभिनय रहेको छ । सन् २०१८ मा रिलिज भएको चलचित्र सन्जुले बक्स अफिसमा ५८५ करोड भारु जम्मा गर्याे।

४) पीके

Image result for pk

राजकुमार हिरानीको अर्को कोशेढुङ्गा हो, पीके चलचित्र । सन् २०१५ मा रिलिज भएको चलचित्र पीकेले धर्मले मानिसहरुलाई कति अन्धो बनाएको छ भन्ने कुरालाई स्पष्टसँग देखाएको छ । प्रमुख भुमिकामा देखिएका अमिर खानलाई अनुष्का शर्मा, सुशान्त सिंह राजपुत र बोमन इरानीले साथ दिएका छन् । पीकेले ७४१ करोड भारु बनाएको थियो ।

३) सिक्रेट सुपरस्टार

Image result for secret superstar

अद्धेत चंदनद्धारा निर्देशित चलचित्र सिक्रेट सुपरस्टार म्यूजिक जेनराको चलचित्र हो । सन् २०१६ मा रिलिज भएको म्यूजिक जेनराको चलचित्रले बक्स अफिसमा यति धेरै कमाल गर्छ भनेर कसैले सोचेका थिएनन् होला सायद । चलचित्रमा प्रमुख भूमिकामा अमिर खान रहेका छन् । यसका साथै चलचित्रमा जायरा वसिम, राज अर्जुन, तिर्थ, मोनाली ठाकुर लगायतका कलाकारले अभिनय गरेका छन् । सिक्रेट सुपरस्टारले ८३४.३ करोड भारु बनाउन सफल रह्याे ।

२) बजरंगी भाइजान

Image result for bajrangi bhaijaan

कबिर खानले निर्देशन गरेको चलचित्र बजरंगी भाइजान सन् २०१५ मा रिलिज भएको थियो । बजरंगी भाइजान निकै नै मन पारिएको चलचित्र हो । सधैं पाकिस्तानलाई दुश्मन बनाएर चलचित्र बनाउने बलिउड बजरंगी भाइजान भने पृथक निस्कियो । प्रमुख भूमिकामा देखिएका सलमान खानलाई करिना कपुर, नवाजुद्यीन सिद्धीकी, ओम पुरी, अल्का कौशल, राजेश शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रले ८७३ करोड भारु कमाएको थियो ।

१) दंगल

Related image

बलिउडमा आजसम्म सबैभन्दा धेरै कमाउने चलचित्र हो, दंगल । दंगल सन् २०१६ मा रिलिज भएको थियो । नितेश तिवारीद्धारा निर्देशित चलचित्र दंगालमा अमिर खान निर्माताको रुपमा पनि छन् । चलचित्र हरियाणाको फोगाट परिवारको कथालाई लिएर बनाइएको हो । उक्त फोगाट परिवारमा ६ दिदी बहिनी नै कुश्ती खेल्छन् । अमिर खान प्रमुख भूमिकामा देखिएको यस चलचित्रमा उनलाई जायरा वसिम, फतिमा साना शैख लगायतका कलाकारहरुले साग दिएका छन् । चलचित्रले १९५७ करोड भारु कमाएको थियो । उक्त कमाइ बजरंगी भाइजानको कमाइको दोब्बरभन्दा बढि हो ।

प्रतिक्रिया दिनुहोस्