Logo

के घर के डेरा चलचित्रमा विपिन कार्की र दयाहाङ राई एकैसाथ देखिंदै



Spread the love


काठमाडौं । पछिल्लो समयमा कलिउडमा राम्रो छाप पार्न सफल विपिन कार्की र दयाहाङ राई पुन: एकैसाथ देखिंदै छन् ।
चलचित्र लुटबाट दुबैले कलिउडमा प्रवेश गरेका थिए । लुटपछि लुट–२ र जात्रैजात्रामा देखिएका यी दुबै कलाकारहरुलाई फेरि पनि दर्शकहरुले एकैसाथ देख्नेछन् ।

सुव्रतराज आचार्यले निर्देशन गर्न लागेको चलचित्र के घर के डेरामा दयाहाङले हस्ताक्षर गरिसकेका छन् भने विपिन कार्कीले मौखिक रुपमा सहमति जनाइसकेका छन् । चलचित्रको छायांकन अबको केही साताभित्रमा सुरु गरिने छ । चलचित्र विशुद्ध सामाजिक विषयवस्तुमा आधारित रहनेछ ।

प्रतिक्रिया दिनुहोस्