Logo

हेटौंडामा सरकारी एम्बुलेन्सबाट साढे ३० किलो गाँजा बरामद



Spread the love

१२ माघ, हेटौंडा । प्रहरीले हेटौंडा उपमहानगरपालिकाबाट ३० किलो ६०० ग्राम गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ। शनिबार साँझ प्रहरीले वडा नम्बर १९ बाट बा२झ १७४९ नम्बरको एम्बुलेन्सबाट गाँजा बरामद गरेको हो।

मकवानपुर प्रहरी प्रवक्ता ललनकुमार कुर्मीका अनुसार इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीले एम्बुलेन्सबाट गाँजा बरामद गरेको हो।

उक्त सरकारी एम्बुलेन्स रौतहटको डुमरिया स्वास्थ्य चौकीको रहेको खुलेको छ। पक्राउ पर्नेमा चालक डुमरिया नगरपालिकाका मोहम्मद खलिद, अशोक कुमार र भारत बिहार मोतिहारीका विनोद सहनी छन्।

एम्बुलेन्सबाट ९१ हजार रूपैयाँ पनि बरामद भएको छ। एम्बुलेन्ससहित नियन्त्रणमा लिइएकाहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्