Logo

ओस्कार अवार्ड गोरा जातिको पक्षमा– स्टेफेन किंग



Spread the love

एजेन्सी । अमेरिकाका प्रख्यात हरर मास्टर स्टेफेन किंगले एकेडेमी अवार्ड अर्थात् ओस्कार अझै पनि गोरा जातिको पक्षमा रहेको बताएका छन् ।

किंगले वासिङटनडिसीपोस्टसँग कुरा गर्दै भने,“मलाइ लाग्छ विविधता सिधै व्यक्तिगत रुपमा कलाकार र निर्देशकसँग सम्बन्धित हुन्छ । त्यहीं भएर मैले कहिल्यै कलाको कुरामा विविधता हुन्छ भनेर विश्वास गरिन । सबै ओस्कार गोरा जातिको पोल्टामा पर्छ ।”

“कसैको कामलाई अरु दृष्टिकोणबाट हेर्नु भनेको अपमान गर्नु हो । अहिलेको ओस्कारले गोरा जातिलाई मात्र समेटेको छ । रचना प्रत्येक हिँडाइ, भोट, रङ, लिगबाट आउँछ र यसले विविधता बढाउँछ । तर गोरा जातिलाई अगाडि ल्याउँदा विविधता आउन सक्दैन । विविधता ल्याउनको लागि सबैलाई समान तरिकाले व्यवहार गर्नुपर्दछ, ” किंगले थपे ।

स्टेफेन किंग सफल लेखक हुन् । लेखेर धेरै पैसा कमाउने लेखकको सूचिमा पनि उनी पर्दछन् । विशेष गरी उनले लेखेका किताबबाट चलचित्र बनाइने गरिन्छ । द साइनिङ अनि इट जस्ता चलचित्र उनकै किताबबाट आधारित भएर बनाइएका हुन् । उनी विशेष गरी सस्पेन्स, थ्रिलर र हरर जनरामा आधारित भएर किताब लेख्छन् ।

प्रतिक्रिया दिनुहोस्