Logo

मेराे देश(कविता)



Spread the love

हिमाल पहाड तराई याे देश मेराे राम्राे
मन्दिर मस्जिद गुम्बा धेरै छन् अास्था हाम्राे

चन्द्र सुर्य अंकित झन्डा मेराे राम्राे
शत्रुसंग लड्ने खुकुरी याे हाम्रो
हिमालकाे हिउँ राम्रो पहाडकाे थुम्का राम्राे
तराईकाे फाँटजस्तै ठुलाे छ मन हाम्राे

खाेलानाला झरना ताल याे राम्रो
प्रकृतिकै सुन्दर देश नेपाल हाम्रो
विश्वमा शान्ति फैलाउने शान्ति दिप राम्राे
माटाेमा सुन फलाउने पाैरखी हात हाम्रो

लालीगुराँस चमेली फुल्छन् धेरै राम्रो
डाँफे मुनाल नाच्ने वनपाखा हाम्रो
कला र संस्कृति भेषभुषा राम्रो
विश्वसामु नझुक्ने स्वाभिमान हाम्रो

प्रतिक्रिया दिनुहोस्