Logo

ओली एआईपीएस स्पोर्टस् अवार्डद्धारा सम्मानित



Spread the love

काठमाडौं । पत्रकार प्रज्जवल ओलीले एआईपीएस स्पोर्टस् मिडिया अवार्ड जितेका छन् ।

हङ्गेरीको बुडापेस्टमा सोमबार राति आयोजित कार्यक्रममा प्रज्जवल ओलीले अवार्ड जितेका हुन् ।
खेल पत्रकारहरुको संस्था एआईपीएसले ओलीलाई बेस्ट कोलम राइटिङ विधामा स्पोर्टस् मिडिया अवार्ड प्रदान गरेको हो ।ओलीले अवार्डसँगै आठ हजार डलर धनराशि पुरस्कार स्वरुप प्राप्त गरेका छन् ।

एआईपीएसअवार्ड जित्ने उनी नेपालका पहिलो पत्रकार हुन् । डेढ दशकदेखि खेलकुद पत्रकारितामा सक्रिय ओली नेपाल खेलकुद पत्रकार मन्चका महासचिव पदमा आसिन छन् ।

प्रतिक्रिया दिनुहोस्