Logo

यो सिजनलाई सफल बनाउने भए म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग जित्नुपर्छ– इयन राइट



Spread the love


एजेन्सी । आर्सनलका पूर्व खेलाडी इयन राइटले म्यानचेस्टर सिटीलाई यो सिजन सफल बनाउनु छ भने च्याम्पियन्स लिग जित्नुपर्ने बताएका छन् ।

लिभरपुल म्यानचेस्टर सिटीभन्दा २२ अंकले अगाडि रहेको छ । २५ खेल खेलिसकेको लिभरपुलले एउटा खेलमा ड्र खेलेको छ भने बाँकी २४ खेलमा जित निकालेको छ । दुई सिजन लगातार प्रिमियर लिग विजेता सिटीले यसपाली प्रिमियर लिग जित्न नसक्ने कुरामा धेरैले अड्कल काटिसकेका छन् ।

च्याम्पियन्स लिग अन्तर्गत फेब्रुअरी २६ मा सिटीको खेल स्पेनिश महारथी रियल मड्रिडसँग हुँदैछ ।

इयन राइटले बीबीसीसँगको कुराकानीमा भने, “यदि सिटीले च्याम्पियन्स लिग जितेन भने उनीहरुका लागि यो उत्कृष्ट सिजन होइन । यदि उनीहरुले च्याम्पियन्स लिग जिते भने स्वतहः नै उत्कृष्ट सिजन हुनेछ । अब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा ध्यान केन्द्रित गर्नुपर्छ ।”

यहीं साता आइतबार भएको खेलमा सिटी टोटनहामद्धारा २–० ले पराजित भएको थियो । यो सिजनमा सिटीले २५ खेलमा २९ गोल खाइसकेका छ। गएको सिजनमा सिटीले जम्मा २३ गोल खाएर लिभरपुलमाथि एक अंकले जित हासिल गरी प्रिमियर लिगकाे ट्रफी उचालेकाे थियाे ।

“सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले बार्सिलोनामा छँदा बार्सिलाेनालाई दुई च्याम्पियन्स लिग  जिताएका थिए तर उनले वार्यन म्युनिखलाई भने जिताउन सकेनन् । अब उनले सिटीलाई च्याम्पियन्स लिग जिताउने लक्ष्य बनाउनु पर्छ, ” इयनले थपे ।

प्रतिक्रिया दिनुहोस्