Logo

आईसीसी विश्वकप क्रिकेट लिग: ओमानद्वारा नेपालसामु १९८ रनको लक्ष्य प्रस्तुत



Spread the love

२२ माघ, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत नेपाल र ओमानबीचको खेलमा नेपालले जितका लागि १९८ रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ थालेको ओमानले ५० ओभरमा ९ विकेटको नोक्सानीमा १९७ रन बनाएको हो ।

मोहम्मद नदीमले ६९ रनको अविजित उत्कृष्ट अर्ध शतकीय इनिङ खेलेपछि ओमानले बलियो प्रतिस्पर्धात्मक योगफल तयार पारेको हो । नदीमले ९६ बलमा ५ चौका र २ छक्का प्रहार गरे । नसिम खुशीले तल्लोक्रममा १८ बलमा २ चौका र २ छक्का सहित महत्वपूर्ण २८ रन जोडे । खुसी र नदमीले आठौं विकेटका लागि आक्रामक ४२ रनको साझेदारी गरेका थिए ।

नेपालका लागि करण केसीले सर्वाधिक ४ विकेट हात पारे भने सुशन भारीले ३ र दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए। लेग स्पीनर सन्दीप लामिछाने भने विकेटविहीन बने। उनले १० ओभर बलिङ गर्दा बिना विकेट ४५ रन खर्चिए । त्यस्तै, ओडीआई डेब्यू खल खेलेका अभिनाश बोहराले ९ ओभरमा २ मेडन सहित ३८ रन खर्चिए पनि विकेट लिन सकेनन् ।

नेपाल केहि बेरमा नै जवाफी ब्याटिङमा उत्रदैछ ।

प्रतिक्रिया दिनुहोस्