Logo

“भोट दिन मन छ तर नागरिकता छैन “, डोम बस्तीका महिला



Spread the love

तिलाठी कोईलाडी २ लौनयाकी ३५ बर्षीया विमा मारिक निर्वाचनमा सहभागी भएर आफ्नो जनप्रतिनि चुन्न आतुर छिन् । प्रदेश नम्बर दुईमा स्थानीय तहको निर्वाचनले सरगर्मी बढाईरहेका बेला डोम समुदायकी विमलालाई पनि भोट हाल्ने रहर जागेको हो ।

 

 

नागरिकता नहुँदा मतदाता नामावलीमा उनको नाम छैन।  त्यसैले विमला भोट हाल्ने अवसरमाबाट बञ्चित भएकी छन् ।अशिक्षा र जनचेतना अभावका कारण लौनियास्थित विपन्न डोम बस्तीका अधिकांश महिलाको नागरिकता बनेको छैन  भन्ने खबर आजको नागरिकमा  छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्