Logo

रोशन धिमालको ‘ल्याङ्ग ल्याङ्ग जिन्दगी’ युट्युबमा सार्वजनिक



Spread the love


काठमाडौं । रोशन धिमालको ‘ल्याङ्ग ल्याङ्ग जिन्दगी’ नामक गीत सार्वजनिक भएको छ । हाइलाइट्स नेपाल नामक युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो ।


‘ल्याङ्ग ल्याङ्ग जिन्दगी’ गीतमा शब्द अनि स्वर दुबै रोशन धिमालको रहेको छ । गीतको म्युजिक भिडियोमा पनि उनी स्वयम देखिएका छन् । म्युजिक भिडियोको निर्देशन सिजन दाहालले गरेका छन् भने संगीत बादल लिम्बुले भरेका छन् ।


डिग्री सकेपछि भनेजस्तो जागिर नपाउँदा युवाहरुले पाउने दुखलाई यस गीतमा विषयवस्तु बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्