Logo

युवाले विदेश मोह त्यागी राष्ट्र निर्माणमा सहयोग पुर्याउनुपर्छ: मन्त्री विश्वकर्मा



Spread the love

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले युवाले विदेश मोह त्यागी राष्ट्र निर्माणमा सहयोग पुर्याउनुपर्ने बताएका छन् ।

काठमाडौँका पाँच कलेजको आयोजनमा भएको ‘काठमाडौँ युथ कन्क्लेभ २०२०’लाई सम्बोधन गर्दै उनले युवाले उत्पादनसँग जोडिएर राष्ट्रको हितमा योगदान दिनुपर्ने बताए । युनिभर्सल कलेज, काठमाडौँ मोडल कलेज, एपोलो इन्टरनेशनल कलेज, न्यू समिट कलेज र हिमालयन कलेज अफ इञ्जिनीयरिङ कलेजले संयुक्तरुपमा कार्यक्रमको आयोजना गरेका हुन् ।

“युवाले स्वदेशमा काम गर्नका लागि लाज, सरम मान्ने गर्छन्” उनले भने, “विदेशमा गएर निकै तल्लोस्तरको काम गरिरहेका हुन्छन् ।” मन्त्री विश्वकर्माले युवाको भविष्यसँग देशको भविश्य जोडिएकाले विभिन्न सीप सिकी आयआर्जनका काममा लाग्न आग्रह गरे ।

उनले समाजमा व्याप्त रहेका विभेदको अन्त्य गर्दै आर्थिक, समाजिक र सांस्कृतिक रुपान्तरण गरिने बताए । युवाले विज्ञान प्रविधिको अधिकतम प्रयोग गर्दै विभिन्न खोज अनुसन्धानको माध्यमबाट राष्ट्रलाई योगदान दिनुपर्ने मन्त्री विश्वकर्माको भनाइ थियो ।

“सरकारले युवाको श्रम, कला, सीप र प्रतिभाको उचित कदर गर्छ”, उनले भने, “कुनै एक विषयमा विज्ञता हासिल गर्दै समृद्ध मुलुक निर्माणको महान् अभियानमा हातेमालो गर्न म युवा जगत्लाई आग्रह गर्दछु ।”

प्रतिक्रिया दिनुहोस्