Logo

मण्डलामा कांग्रेसको नारा : ‘गच्छदार जोगाउन होइन, काखा–पाखा गर्ने अख्तियारको विरोध गर्न आएका हौं’



Spread the love

२४ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेतालाई उन्मुक्ति तथा अन्यलाई राजनीतिक प्रतिशोध र बदनियतपूर्ण मुद्दा लगाउने निर्णयको विरोधमा कांग्रेसका भ्रातृसंस्थाहरुले आज काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्।

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा अख्तियारले सत्तारुढ दलका नेतालाई उन्मुक्ति दिएको तर कांग्रेस उपसभापति विजय गच्छदारलाई आरोपी बनाउँदै मुद्दा चलाइएको भन्दै कांग्रेसका भ्रातृ संस्थाले प्रदर्शन गरेका हुन् । कांग्रेसले बिहीबार भ्रातृ संगठनका पदाधिकारीहरूसँग छलफल गरेर सरकार र अख्तियारविरुद्ध सडक संघर्षमा जान निर्देशन दिएको थियो ।

नेपाल विद्यार्थी संघको अगुवाइमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा तरुण दललगायतका भातृ संगठनका नेता कार्यकर्ता सहभागी थिए ।उनीहरुले ‘बालुवाटार जग्गा प्रकरण-आफ्नालाई जोगाउने, अरुलाई फसाउने’, तिलकुमारीलाई जेल, विष्णु पौडेललाई माफी’, क्याबिनेटको निर्णयमा मन्त्री जवाफदेही हुन्छ कि प्रधानमन्त्री’, ‘सरकार तेरो भ्रष्टाचार किन मात्र गच्छदार’ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।

प्रतिक्रिया दिनुहोस्