Logo

कोरोना भाइरसको संक्रमण रोक्न हङकङले दुई साता क्वारन्टीनमा राख्ने



Spread the love


एजेन्सी । हङकङले घातक कोरोना भाइरसको संक्रमण रोक्नको लागि चीनको भूमिबाट आउने जसलाई पनि दुई साता क्वारन्टीनमा राख्न सुरु गरिसकेको छ ।

हङकङमा चीनीया पर्यटकहरु आउँदा होटेल तथा सरकारले चलाएको केन्द्रमा एक्लै बस्नुपर्ने छ । स्थानीय बासिन्दाहरु आफ्नो घर छाडेर अन्त बस्न पाउने छैनन् । नियम मिचेको खण्डमा जरिवानासहित जेल पनि जानुपर्ने जनाइएको छ ।


आजका दिनसम्म आउँदा चीनमा कोरोना भाइरसको कारणले ७२२ जनाको मृत्यु भइसकेको छ । जसमध्ये दुईजना अमेरिकी र जापानी नागरिक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्