Logo

सेल्फी किङ्गलाई दर्शकको साथ



Spread the love


काठमाडौं । शुक्रबार प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र सेल्फी किङले दर्शकहरुको मन जितिरहेको छ । व्यापारिक हिसाबले त्यति सफलता नपाए पनि दर्शकहरुले भने चलचित्रको कथा र विपिन कार्कीको अभिनयलाई मन पराएका छन् ।


कलाकार र निर्देशकको टोली दर्शकहरुको प्रतिक्रिया बुझ्न हलमा पुगेपछि दर्शकहरुले फरक र राम्रो भएको कुरा व्यक्त गरेका छन् । धेरैपछि फरक दृष्टिकोणमा चलचित्र हेर्न पाएको दर्शकको भनाइ छ ।


प्रस्तुत चलचित्रमा विपिन कार्की चर्चित हास्य कलाकारको रुपमा देखिएका छन् । चलचित्रमा उनको नाम सेल्फी किङ्ग रहेको छ । दुनियाँलाई हसाउने कमेडियनको जीवनमा आइपर्ने विभिन्न किसिमका आरोह अवरोहलाई चलचित्रमा देखाइएको छ ।

चलचित्रमा विपिन कार्कीको साथमा भुवन चन्द, लक्ष्मी बर्देवा, लोकमणि सापकोटा, सविन बास्तोला, अभय बराल लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रका निर्देशक भने विशाल सापकोटा हुन् ।

प्रतिक्रिया दिनुहोस्