Logo

कांग्रेसद्वारा आज पनि संसद बैठक अवरुद्ध



Spread the love

२६ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपश्चात संसद बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ। आइतबार बैठक सुरू हुने वित्तिकै कांग्रेस सांसदहरू उठेर विरोध जनाएका थिए।

बिहीवार र शुक्रवारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले कांग्रेस सांसदहरूलाई बोल्न दिएपनि कुरा सुनिसकेको भन्दै आइतावार बोल्न दिएनन् ।

कांग्रेसले संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरूद्ध राजनीतिक प्रतिशोधका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको भन्दै तेस्रोपटक सदन अवरूद्ध गरेको हो।

प्रतिक्रिया दिनुहोस्