Logo

पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती रगतले लतपतिएको अवस्थामा फेला, कामदारद्वारा आत्महत्या



Spread the love

२७ माघ, काठमाडौं । पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती सानेपास्थित निवासमा रगतले लतपतिएको अचेत अवस्थामा फेला परेकी छन् भने कामदार पनि मृत भेटिएका छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार मुनाको टाउकोमा चोट छ। सुरुमा छिमेकीले कार्कीको हत्या भएको जानकारी दिए पनि घटनाको करिब एक घण्टापछि प्रहरीले परीक्षणका लागि स्वास्थ्यकर्मी बोलाउँदा कार्कीको शरीर तातै रहेको फेला परेपछि उनलाई तत्कालै अस्पताल पठाएको थियो । कार्कीलाई यतिबेला स्टार अस्पताल लगिएको छ । साथै, घरमा कामदार रहेका दाङ घर भएका विजय चौधरीको शव पनि फेला परेको छ ।

घटनाको अनुसन्धान गरिरहेका परिसरका डीएसपी सन्तोष तामाङका अनुसार, कार्कीको श्रीमती मुना भान्सा कोठामा लडिरहेकी भेटिएकी थिइन् । “प्लास्टिकको पिर्का टुक्रा–टुक्रा भएको अवस्थामा फेला परेको छ, बाँकी केही खुल्न सकेको छैन”, डीएसपी तामाङले भने ।

प्रतिक्रिया दिनुहोस्