Logo

प्रधानमन्त्री ओलीले पनि जनयुद्ध दिवसमा सहभागिता जनाउने



Spread the love

२८ माघ, काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले यस पटक पनि ‘जनयुद्ध’ दिवस मनाउने भएको छ। उक्त दिवसमा मनाइने कार्यक्रममा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने नेकपाले जनाएको छ।

बिहीवार पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा आयोजना हुने सो सभामा प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन् । नेकपा केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल तथा ईश्वरी रिजालले संयुक्त विज्ञप्ति जारी गर्दै मंगलवार यसबारे जानकारी गराएका हुन् ।

तत्कालीन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध थालनी गरेको दिनलाई ‘जनयुद्ध’ दिवसका रूपमा मनाउँदै आएको थियो। माओवादी र तत्कालीन नेकपा एमालेबीच एकीकरण भएर बनेको नेकपाले गएको वर्ष जनआन्दोलन तथा ‘जनयुद्ध’ दिवस मनाएको थियो। त्यो बेला आयोजित कार्यक्रममा ओली उपस्थित भएका थिएनन्।

प्रतिक्रिया दिनुहोस्