Logo

अमेरिकामाथि नेपालको शानदार जित



Spread the love


काठमाडौं । कीर्तिपुरको टीयु क्रिकेट मैदानमा बुधबार भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको छ ।
अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५.२ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । नेपालको लागि पारस खड्काले २० रन जोडे । दिपेन्द्र सिंह ऐरीले १५ रन बनाए ।

कप्तान ज्ञानेन्द्र मल्ल १ रनमा नै आउट भए भने सुवास खकुरेलले रन नै नबनाइ आउट भए ।
यस अगि टस हारेर ब्याटिङ गरेको अमेरिका १२ ओभरमा ३५ रन जोड्दा अलआउट भएको थियो ।
अमेरिकाका लागि जाभियर मार्सलले १६ रन जोड्न सफल भए । अरु ब्याटम्यानले दोहोरो अंक भने बटुल्न सकेनन् ।


नेपालका सन्दिप लामिछानेले ६ विकेट लिए भने सुशन भारीले ४ विकेट लिए ।

अमेरिकामाथि सानदार जित निकालेसँगै सिरिजको ४ खेलमा नेपालले २ जित निकालेको छ ।

पहिलो खेलमा अमेरिकाले नेपाललाई ३५ रनले हराएको थियो ।


दुई खेलमा जित निकालेसँगै नेपालले ४ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्