Logo

लिभरपुल छाडेर मलाइ कुनै पछुतो छैन– कौटिन्हो



Spread the love


एजेन्सी । बार्यन म्युनिखका स्टार फिलिप कौटिन्होले पूर्व क्लबको बारेमा केही धारणा राख्दै आफूले लिभरपुल छाडेकोमा पछुतो नभएको बताएका छन् ।

सन् २०१३ बाट लिभरपुलमा अनुबन्ध भएका कौटिन्हो पाँच सिजन खेलेपछि बार्सिलोनामा अनुबन्ध भएका थिए । बार्सिलोनामा राम्रो प्रदर्शन गर्न नसकेपछि उनलाई बार्सिलोनाले लोनमा वार्यन म्युनिखमा पठाएको थियो ।

लिभरपुलले उनलाई बेचेपछि सोही पैसामा डिफेन्डर भर्जिल भान डिक र गोलरक्षक एसिलन बेकरलाई अनुबन्ध गरेको थियो । दुबै खेलाडीले क्लबलाई च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

कौटिन्होले लिभरपुलको बारेमा भने,“लिभरपुलले प्रगति गरिरहेको छ तर यसले मलाइ आश्चर्य तुल्याएको छैन । हामीले गत साल नै उनीहरुले च्याम्पियन्स लिग जितेको देखेका छौँ । म उनीहरुप्रति निकै खुशी छु किनभने मेरा त्यहाँ धेरै साथीहरु छन् । म उनीहरुप्रति खुशी छु ।”

“म पछाडि फर्केर हेर्दिन । मैले अर्कै बाटो अँगालेको छु र म अहिले अर्को यात्रामा छु । अरुजस्तै म पनि सपना पुरा गर्न ध्यान दिइरहेको छु । विगतमा मैले जे गरेँ त्यसको लागि म खुशी छु र अहिले मैले केवल हेर्नमात्र सक्छु,” कौटिन्होले थपे ।

प्रतिक्रिया दिनुहोस्