Logo

ज्वरो जाँच्न स्वास्थ्य मन्त्रालयको टोली सिन्धुपाल्चोकतर्फ



Spread the love

२९ माघ, काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा ज्वरो, रुघाखोकी र झाडापखालाको विरामी बढेसँगै स्वास्थ्य मन्त्रालयको टोली जाँच गर्न त्यसतर्फ गएको छ ।

जुगल गाउँपालिका स्वास्थ्य शाखाका संयोजक अनिल साउदका अनुसार स्वास्थ्य मन्त्रालयको टोली बुधबार साँझसम्म आइपुग्ने बताए । उनले भने, ‘बिरामी औषधि खाएर निको भएका पनि छन् तर अस्वाभाविक रुपमा धेरै भएपछि हामीले उहाँहरुलाई बोलाएको हो । उहाँहरुले कोरोना हो वा होइन जाँच गर्ने भन्नुभएको छ ।’

कोरोना भाइरसको जस्तो लक्षणका बिरामी भेटिएपछि जुगल गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक अनील साउदसहितको टोली प्रभावित क्षेत्रमा पुगेकाे थियो । साउदका अनुसार, कोरोनाको जस्तो मिल्दाजुल्दा लक्षण देखिए पनि सम्पर्कमा आएकाहरू औषधि सेवनपछि निको भएका थिए ।

प्रतिक्रिया दिनुहोस्