Logo

पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै अदालतमा रिट दर्ता



Spread the love

२९ माघ, काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध पनि मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुवैलाई नीतिगत निर्णयमात्र गरेको भन्दै मुद्दा नचलाउने निर्णय गरेको थियो। बुधवार वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले अख्तियारले छुट दिएका दुवै पूर्वप्रधानमन्त्रीलाई मुद्दा चलाउने आदेश दिन माग गर्दै सर्वोच्चमा रिट हालेका हुन्।

प्रतिक्रिया दिनुहोस्