Logo

मछिन्द्र बन्यो पहिलो पटक लिग च्याम्पियन्स



Spread the love


काठमाडौं ।
मछिन्द्र फुटबल क्लबले पहिलो पटक शहीद स्मारक ए डिभिजन लिग फुटबलको ट्रफी उचाल्न सफल भएको छ ।

त्रिपुरेश्वरको दशरथ रंगशालामा शनिबार भएको लिगको अन्तिम खेलमा मछिन्द्रले त्रिभुवन आर्मी क्लबलाई १–० ले हराउँदै ट्रफी उचालेको हो ।

आर्मीका विकास तामाङले आत्मघाती गोल गर्दा सोही गोल नै निर्णायक गोल भएको थियो । तामाङले खेलको ३३ औँ मिनेटमा आत्मघाती गोल गरेका थिए ।

लिग च्याम्पियन्स बनेको मछिन्द्रले पुरस्कार स्वरुप ५० लाख नगद पुरस्कार पाउने छ ।

प्रतिक्रिया दिनुहोस्