Logo

चीनबाट नेपाल फिर्ता ल्याइएका १७५ जना क्वारेन्टाइनमा



Spread the love

काठमाडाैं । चीनको वुहानबाट नेपाल ल्याइएका १७५ जनालाई भक्तपुरको खरिपाटीमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ ।


आजै बिहान उनीहरुलाई विमानस्थलबाट बसमा खरिपाटीको क्वारेन्टाइनमा ल्याइ राखिएको हो ।
क्वारेन्टाइनमा नेपाली सेनाका डाक्टर नवीन फुयाँलको नेतृत्वमा नर्स पनि राख्ने गरी स्वास्थ्य टोली प्रवेश गरेको छ ।


आज नेपाल आएका १७५ जनाको रगत सङ्कलन गरी परीक्षणमा पठाइने बताइएको छ ।
नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमानमा दुई चिकित्सक, दुई नर्स, तीन पाइलट, सात क्रुमेकर, एक इन्जिनियर, एक प्राविधिक र एक डिस्पाचर गरी १७ जनाको टोली शनिबार चीनको वुहान प्रस्थान गरेको थियो ।

बुहानबाट नेपाल आउने १७५ जनामा १७० विद्यार्थी, दुई बालबालिका, दुई पर्यटक र एक कामदार थिए ।
नेपाल आउने तयारीमा बुहान विमानस्थलमा आएका ६ जनाको शरीरमा ३७.३ डिग्री सेल्सियसभन्दा बढी तापक्रम देखिएपछि चीन सरकाले नेपाल नपठाएको र बाँकी चारजना त्यहीं बस्ने रुचि देखाएर नेपाल नआएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्