Logo

निवर्तमान सभामुख महराको अन्तिम सुनुवाइ, फैसला आजै हुनसक्ने



Spread the love

४ फागुन, काठमाडौं । प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको अभियोगबारे आइतबार अन्तिम सुनुवाइ सुरु भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्मरराज पौडेलको इजलासमा आज मुद्दाको सुनुवाइ सुरु भएको हो ।

अहिले महरा पक्षका वकिलहरूले बहस गरिरहेको जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार आनन्दराज श्रेष्ठले जानकारी दिए। उनका अनुसार सरकारी वकिलको बहस यसअघि नै सकिइसकेको छ।

‘अरू कुनै कुरा झिकाउने आदेश नभए आजै फैसला हुन सक्छ,’ श्रेष्ठले भने। यसअघि पुसमा महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालत पनि सदर गरेको थियो । तर, उनको मुद्दा एक महिनाभित्र किनारा लगाउन भनेको थियो ।

संसद सचिवालयकै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्