Logo

केजरीवालले लिए तेस्रो पटक दिल्लीको मुख्यमन्त्रीको सपथ



Spread the love

४ फागुन, काठमाडौं । आमआदमी पार्टीका अध्यक्ष अरविन्द केजरीवालले नयाँ दिल्लीको मुख्यमन्त्री पदमा सपथ लिएका छन्। दिल्लीको रामलीला मैदानमा आयोजित कार्यक्रममा उनले उपराज्यपाल अनिल बैजलसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

उनले सपथ ग्रहण कार्यक्रमको लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई बोलाएका थिए। तर उनि अन्य कार्यक्रममा व्यस्त भएको कारण उपस्थित नभएको केजरीवालले बताए।

यस्तै मनीष सिसोदिया, सत्येन्द्र जैन, गोपाल राय, कैलाश गहलोत, इमरान हुसेन र राजेन्द्र गौतमले मन्त्रीको सपथ लिएका छन् । केजरीवालले आफ्नो पछिल्लो सरकारको मन्त्रिपरिषद सदस्यलाई कायमै राखेका छन् । तर मन्त्रिपरिषदमा महिला सहभागिता छैन ।

प्रतिक्रिया दिनुहोस्