Logo

नेपाल–भारत ‘सीमा नाका बन्द’



Spread the love

सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेका अनुसार दुवै देशका सीमा सुरक्षा पदाधिकारीको बैठकपछि आजदेखि असोज २ गते सोमबारसम्म ७२ घन्टाका लागि सवारी साधन र पैदल यात्रुलाई आवतजावतमा पूर्णरुपमा रोक लगाइएको छ ।

निर्वाचन प्रयोजनका लागि जिल्लाको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्त दुरुस्त र सुदृढीकरण समेत बनाइएको उहाँले आज राससलाई जानकारी दिनुभयो ।

जिल्ला सुरक्षा समितिले निर्वाचन प्रयोजनका लागि सुरक्षा रणनीतिक तथा कार्यनीतिक योजनाअन्तर्गत जिल्लाका १८ वटै स्थानीय तहमा नेपाली सेना, नेपाल प्रहरी, शासस्त्र प्रहरी तैनाथ गरिएको जानकारी दिँदै उहाँले सुरक्षा व्यवस्थापनअन्तर्गत जिल्लाको सीमा क्षेत्रमा समेत दुवै देशका सुरक्षा फौजले संयुक्तरुपमा जाँच गरिरहेको प्रजिअ पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्