Logo

प्रदेश नं २ को सरकार परिवर्तन हुँदैन : यादव



Spread the love

५ फागुन, काठमाडाैँ – समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले प्रदेश नं २ को सरकार परिवर्तन नहुने बताएका छन् । प्रेस नेपाल मोरङद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश नं २ को सरकारविरुद्ध कुदृष्टि लगाउनेहरु भए पनि राष्ट्रिय जनता पार्टीसँगको सहकार्यमा पूरा अवधि सञ्चालन हुने जिकिर गरे । पूर्वउपप्रधानमन्त्री यादवले राजपासँग आगामी दिनमा दुई पार्टीबीच एकीकरण हुने बताए ।

उनले सबै नेपालीको चाहनाअनुसार संविधान संशोधन हुनुपर्नेमा जोड दिँदै विश्वमा संविधान संशोधन भएको इतिहास रहेको उल्लेख गरे । अध्यक्ष यादवले सबैको स्वामित्व हुने गरी संविधान संशोधन तथा परिमार्जन नभएमा गणतन्त्र अगाडि बढ्न नसक्ने धारणा व्यक्त गरे । एक प्रश्नको जवाफमा उनले संविधान संशोधनको शर्तका आधारमा पार्टी सरकारमा सहभागी भएको जानकारी दिँदै संविधान संशोधन नहुने भएपछि सरकारबाट बाहिरिएको प्रष्ट पारे ।

अध्यक्ष यादवले संविधान संशोधनका लागि पहिले सदनबाट सङ्घर्ष गर्ने अन्यथा सडकबाट विद्रोह शुरु गर्ने बताए । संसदीय संरचना, शासकीय स्वरूप तथा राज्य पुनःसंरचनाका सवालमा संविधान संशोधन हुनुपर्ने उनको जोड थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग संसद्प्रति उत्तरदायी हुने पर्नेमा जोड दिँदै पूर्वाग्रहको आधारमा कारवाही नगरी सबैलाई समान व्यवहार गर्नुपर्ने तथा प्रश्न उठेकाप्रति छानबिन हुनुपर्ने औँल्याए ।

प्रतिक्रिया दिनुहोस्