Logo

आर्सनलको फराकिलो जित



Spread the love


एजेन्सी । गए राति सम्पन्न भएको इङ्गिलिस प्रिमियर लिग फुटबलमा आर्सनलले फराकिलो जित निकालेको छ । आर्सनलले न्यूक्यासल युनाइटेडलाई ४–० को अन्तरले हराउँदै फराकिलो जित निकालेको हो ।

पहिलो हाफमा बराबरी खेलेको आर्सनलले दोस्रो हाफमा ४ गोल गर्यो । खेलको ५४ औँ मिनेटमा घरेलु टोलीका औबामियाङले गोल गरी आर्सनललाई सुरुवाती अग्रता दिलाए । पहिलो गोलको ३ मिनेटपछि निकोलस पेपेले गोल गर्दै घरेलु टोलीलाई दोब्बर अग्रता दिलाए । खेलको नब्बे मिनेटमा मेसुट ओजिलले गोल गर्दै आर्सनललाई ३–० ले अगाडि बढाए । इन्ज्युरी समयमा अलेक्जेन्डर लाकाजेट्सले गोल गरी आर्सनललाई ४–० को फराकिलो जित दिलाए ।

कमजोर प्रदर्शन देखाएको पाहुना टोली न्यूक्यासल युनाइटेडले खाता पनि खोल्न सकेन । खेलमा जित निकालेसँगै आर्सनल ३४ अंक जोडी तालिकाको दशौँ स्थानमा पुगेको छ भने हार व्यहोरेको न्यूक्यासल युनाइटेड ३१ अंकसहित १३ औँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्