Logo

म्युनिखमा भएको हवाइजहाज दुर्घटनामा बाँचेका ह्यारी ग्रेगको मृत्यु



Spread the love


एजेन्सी । म्यानचेस्टर युनाइटेडका पूर्व गोलरक्षक ह्यारी ग्रेग जो सन् १९५८ को म्युनिखमा हवाइजहाज दुर्घटनामा परी बाँचेका थिए, उनको ८७ वर्षको उमेरमा मृत्यु भएको छ ।


ग्रेग म्यानचेस्टर युनाइटेडमा अनुबन्ध भएको दुई महिनामा नै दुर्घटना भएको थियो । उनले उक्त दुर्घटनामा अरुको उद्धार गरेका थिए । जसले गर्दा उनलाई हिरो अद म्युनिखको उपाधि दिइएको थियो ।

ग्रेगले नै सर बबी चार्लटन र डेनिस भाओलेटलाई दुर्घटनाग्रस्त जहाजबाट बाहिर ल्याएका थिए ।
उनको मृत्युको घोषणा ह्यारी ग्रेग फाउन्डेसन नामक फेसबुक पेजबाट गरिएको थियो ।
फेसबुक पेजमा भनिएको छ, “निकै दुखका साथ म्यानचेस्टर युनाइटेड र नर्थेन आयरल्यान्डका लिजेन्ड ह्यारी ग्रेगको मृत्यु भएको सूचना दिएका छौँ ।


म्युनिखबाट बेलायत फर्किदा ग्रेग र उनका टिममेटहरु चढेको हवाइजहाज उड्ने बेलामा दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा ८ युनाइटेडका खेलाडी, ७ क्लबका स्टाफ र ८ पत्रकार गरी २३ जनाको मृत्यु भएको थियो ।


ग्रेग सन् १९५७ को डिसेम्बरमा युनाइटेडमा अनुबन्ध भएका थिए । उनले युनाइटेडका लागि २४७ खेल खेले ।

यसै गरी ग्रेगले नर्थेन आयरल्यान्डबाट सन् १९५८ को विश्वकप खेलेका थिए । उक्त विश्वकपमा उनी उत्कृष्ट गोलरक्षकको उपाधि पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्