Logo

शिक्षा पत्रकार समूहमा नयाँ नेतृत्व



Spread the love

६ फागुन, काठमाडाैँ – शिक्षा पत्रकार समूहको १०औँ अधिवेशनले तुला अधिकारीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । समूहको शनिबार सम्पन्न सभाले उपाध्यक्षमा कृष्ण मल्ल, महासचिवमा जनक नेपाल, सचिवमा श्याम तण्डुकार र कोषाध्यक्षमा ममता थापा चयन गरेको निर्वाचन समितिका संयोजक अधिवक्ता स्वागत नेपालले घोषणा गरे ।


सदस्यहरुमा रोशन क्षेत्री गाउँले, गोपाल सङ्ग्रौला, विष्णु विवेक विश्वकर्मा, यशोदा अधिकारी, प्रज्ञा तिमल्सिना, ओमप्रकाश घिमिरे, जनक पण्डित र सविना बानियाँ निर्वाचित भएका छन् । कूल ४२ सदस्य रहेको समूहका निवर्तमान अध्यक्ष रोश्ना सुब्बाले नवनिर्वाचित समितिलाई शिक्षाका नयाँ मुद्दालाई स्थापित गर्न आग्रह गरे । समूहको अधिवेशनको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्