Logo

चीनको वुहानबाट ल्याइएको १ सय ७५ जना नेपालीमा कोरोनाभाइरसको संक्रमण भए/नभएको आज पत्ता लाग्ने



Spread the love

७ फागुन, काठमाडौं । चीनको वुहानबाट ल्याइएको १ सय ७५ जना नेपालीको नाक र घाँटीको र्‍यालको नमूना परीक्षणको नतिजा बुधबार (आज) आउने भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाका अनुसार स्वास्थ्य मन्त्रालयले दिउँसो पत्रकार सम्मेलनमार्फत् परीक्षणको नतिजा सार्वजनिक गर्नेछ।

परीक्षणको नतिजा आएपछि मात्र कसैमा कोरोनाभाइरस(कोभिड-१९) को संक्रमण भएको वा नभएको भन्ने पत्ता लाग्नेछ। क्वारेन्टाइन स्थलमा राखेको दिन नै परीक्षणको लागि सबैको नाक र घाँटीको र्‍यालको नमूना लिइएको थियो।

परीक्षण गर्न ‘पिसिआर’ पोलिमेरेस चेन रियाक्सन प्रविधि अपनाइएको र त्यसबाट कोरोनाभाइरसको जीन भएको वा नभएको भन्ने पत्ता लाग्ने निर्देशक झाले बताइन्।कसैमा उक्त जीन देखिएमा सो व्यक्तिमा कोरोनाभाइरसको संक्रमण रहेको पुष्टि हुन्छ।

प्रतिक्रिया दिनुहोस्