Logo

हालन्ड ठुलो स्टार बन्नेछन्– विटसेल



Spread the love


एजेन्सी । जर्मनीको क्लब बोरुसिया डर्टमण्डका मिडफिल्डर एक्सेल विट्सेले डर्टमण्डका फर्वाड इर्लिङ हालन्ड भविष्यमा ठुलो स्टार बन्ने बताएका छन् ।

गए राति सम्पन्न भएको च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ खेलमा डर्टमण्डले पीएसजीलाई पहिलो लेगमा २–१ ले हराएको थियो । डर्टमण्डको जितको लागि हालन्डले दुई गोल गरे ।


गत जनवरीमा डर्टमण्डमा अनुबन्ध भएका हालन्डले लिगकाे ७ खेलमा ११ गोल गरिसकेका छन् भने चालु सिजनमा पुरानाे र नयाँ क्लबकाे लागि च्याम्पियन्स लिगको ७ खेलमा १० गोल । च्याम्पियन्स लिगमा १० गोल गर्ने उनी पहिलो युवा खेलाडी हुन् । आजसम्म कुनै पनि युवा खेलाडीले एक सिजनमा जोर अंकको गोल गर्न सकेका छैनन् ।

१९ वर्षीय हालन्ड भविष्यमा अझै ठुलो स्टार बन्ने कुरामा विट्सेल विश्वास गर्छन् । विट्सेल भन्छन्,“ उनी गोल मेसिन सरह छन् । उनीसँग प्रतिभा छ । मलाइ लाग्छ उनी भविष्यमा ठुलो स्टार बन्नेछन् । मलाइ लाग्छ उनले हामीलाई सुधार्ने छन् । हामी आशा गर्दछौँ कि उनीलाई हामीले लामो समयसम्म राख्नेछौँ ।”


डर्टमण्ड र पीएसजीको दोस्रो लेगको खेल मार्च ११ मा पीएसजीको घरेलु मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्