Logo

सस्तो मूल्यमा राम्रो पोसाक विधार्थीहरुलार्इ उपलब्ध गराउदै (फोरएभर)



Spread the love

करिब ३ वर्ष अघि स्थापना भएको फोरएभर इन्टरप्राइजेजले काठमाडौमा पोसाक उपलब्ध गराउने कम्पनीहरू मध्य आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । कम्पनीले विभिन्न स्कुल, कलेज तथा कुनै पनि कम्पनीका लागि आवश्यक पोसाक उपलब्ध गराउदै आइरहेको छ । यस कम्पनीले भारत र चीनबाट गुणस्तरिय पोसाक आयात गर्दै विद्यालय तथा कलेजमा उपलब्ध गराउदै आइरहेको छ ।

कम्पन्नीले कुनै पनि पोसाक भन्दा पनि तल देखि माथिसम्मका सम्पूर्ण पोसाकलाई सस्तो दरमा उपलब्ध गराउदै आएको कम्पनीका सीईओ उदीप खड्का बताउँछन् । उनी भन्छन्, ‘विधार्थीहरुले राम्रो पोसाक सस्तो मूल्यमा पाउनु पर्छ र अभिभावक पोसाकबाट ठगिनु हुन्न भन्ने हाम्रो मान्यता छ । हामीले कुनै पनि पोसाकभन्दा पनि तलदेखि माथि सम्मका सम्पूर्ण पोसाकलाई सस्तो मूल्यमा उपलब्ध गराउछौ ।

कम्पनीले हाल स्कुल र कलेजका लागि टाई, बेल्ट, स्वेटर, ज्याकेट, ब्याग, जुत्ता, मोजा, टि सर्ट लगायतका कपडा उपलब्ध गराउदै आइरहेको छ । कम्पनीले काठमाडौका १०० भन्दा बढी स्कुलमा पोसाकको काम गरिरहेका छ । भने, ५० हजार भन्दा बढी विद्यार्थीहरूलाई सेवा प्रदान गर्दै आएको सीइओ खड्का बताउँछन् । उनी भन्छन्, ‘हामीले काठमाडौका १०० भन्दा बढी स्कुलमा पोसाक उपलब्ध गराएका छौ जसबाट ५० हजार बढी विद्यार्थीले लाभ उठाएका छन् ।’

फोरएभर समाजिक कार्यमा समेत सक्रिय रहेको छ । कम्पनीले १० वटा जति स्कुल र एनजिओ आईएनजीओलाई पोसाक समेत उपलब्ध गराइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्