Logo

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा



Spread the love

८ फागुन, प्यूठान – प्यूठान नगरपालिकाले नगर क्षेत्रभित्रका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । नगरक्षेत्रमा रहेका बासिन्दालाई स्वास्थ्यको पहुँचमा पुर्याउन नगरपालिकाले पाँचाैँ नगरसभाबाट यो निर्णय पारित गरेको हो ।

नगरक्षेत्रका ज्येष्ठ नागरिकको स्वास्थ्य पहिचान, उपचार तथा सचेतना जगाउने उद्देश्यसहित यो निर्णय गरिएको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले जानकारी दिए । नगरका १० वटै वडामा यो कार्यक्रम गत साउनबाट शुरु गरिएको छ ।

नगरपालिकाले यो कार्यक्रममार्फत नगरपालिकामा कस्ता खालका बिरामी छन् भन्ने थाहाभएकोे नगरप्रमुख कक्षपतिले बताए । स्वास्थ्य अवस्थाको स्थिति, तथ्याङ्क सङ्कलन, जनताको अवस्था पत्ता लगाउँदै आएको उनले जानकारी दिए ।

नगरपालिकाले यो सेवा दिनका लागि महिनाको १० दिन छुट्याएको छ । स्वास्थ्यको पहुँच वृद्धि गर्न, निजीमा उपचार गराउने बिरामीलाई निःशुल्क औषधिका बारेमा जानकारी दिन यो कार्यक्रम प्रभावकारी हुँदै गएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्