Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
३३,१७८
संक्रमित
७,०२,३६८
निको भएका
१,४९,२१५
नेपालमा कोरोना भाइरस
संक्रमित
निको भएका

पोखरा स्पोर्टस् अवार्डबाट रु छ लाख ११ हजार बचत



८ फागुन, पाेखरा – नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको चौथो संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड’बाट रु छ लाख ११ हजार ७५५ बचत भएको छ । पोखरामा गत जेठ २४ गते सम्पन्न अवार्डबाट रु १२ लाख ३१ हजार ७५५ आम्दानी भएको तथा रु छ लाख २० हजार विभिन्न शीर्षकमा खर्च भई सो रकम बचत भएको आज आयोजित साधारण सभामा आय व्यय सार्वजनिक गरियो ।

बचत रकम खेल पत्रकारको दक्षता तथा क्षमता विकास लगायतमा खर्च गरिने मञ्चका अध्यक्ष एकराज गिरीले बताए । अवार्ड सम्पन्न गर्नका लागि गण्डकी प्रदेश सरकारले रु पाँच लाख, पोखरा महानगरले रु एक लाख ४७ हजार ७५० तथा अन्य विभिन्न सार्वजनिक तथा निजी सङ्घ संस्थाले सहयोग उपलब्ध गराएका थिए ।

साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुुनमगरले खेल पत्रकारको क्षमता विकासलगायतका कार्यक्रमका लागि सरकारले सहयोग उपलब्ध गराउन प्रतिवद्ध रहेको बताए । विधागत पत्रकारिताको विकासले मात्र समग्र पत्रकारिताको विकास र समुन्नतिमा सघाउने भनाइ उनको थियो । मन्त्री पुनले खेलकूदको जग विद्यालयलाई बनाउने नीति अनुसार ‘एक विद्यालय एक खेल मैदान’को योजना सरकारले अघि सारेको स्पष्ट पारे ।

“खेलकूदको आधारभूमि विद्यालय हुन्, त्यसैले विद्यालयमा खेलकूदको भौतिक पूर्वाधार निर्माण गर्नुपर्छ, सरकार सोही अनुसार अघि बढेको छ”, मन्त्री पुनले भने । मञ्चले पाचौँ संस्करणको स्पोटर्स अवार्ड आगामी वैशाख २१ गते विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजना गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्