Logo

घरेलु मैदानमा टोटेनहाम पराजित



Spread the love


एजेन्सी । गए राति सम्पन्न भएको च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा टोटेनहाम घरेलु मैदानमा पराजित भएको छ । टोटेनहाम जर्मन क्लब आरबी लिजजिगद्धारा १–० ले पराजित भएको हो ।


खेलको ५८ औं मिनेटमा आरबी लिपजिगका टिमो वार्नरले पेनाल्टीमार्फत् गरेको गोल नै निर्णायक गोल भयो ।

दोस्रो लेगको खेल लिपजिगको घरेलु मैदानमा मार्च १० मा हुनेछ । उक्त खेलमा टोटेनहाम हारको बदला लिने दाउमा हुनेछ भने पहिलो लेगमा जित हासिल गरेको लिपजिग दोस्रो खेलमा पनि जित निकाल्न कोशिस गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्