Logo

काङ्ग्रेसकाे माग: इन्तु,परन्तु, किन्तुको अर्थ छैन सञ्चारमन्त्रीलाई बर्खास्त गरियोस्



Spread the love

८ फागुन, काठमाडौं । सेक्युरिटी प्रीन्टिङ प्रेस खरिदकाे विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गाेकुलप्रसाद बास्काेटाले घुस मागेकाे भन्ने विषयमा विवादास्पद अडियाे सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाँस्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान अगाडि बढाउन माग गरेको छ।

नेपाली कांग्रेसका प्रवत्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गर्न र निष्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन प्रधानमन्त्रीलाई नै आग्रह गरेको छ। ‘७० करोड कमिसन सञ्चारमन्त्रीले मागेको अडियो सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निष्‍पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली कांग्रेस सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक रूपले आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

त्यस्तै शर्माले ट्वीट गर्दै दायाँ बायाँ नसोची बर्खास्त गर्न भनेका छन्। ‘सञ्चार मन्त्रीलाई तत्काल बर्खास्त गरेर निष्पक्ष अनुसन्धानलाई सघाउनोस् प्रधानमन्त्रीज्यु !’ उनले लेखेका छन्, ‘इन्तु,परन्तु, किन्तुको को अर्थ छैन। न दायाँ न बायाँ सिधा बर्खास्त गर्नोस्। बाँकी छलफल अनुसन्धानको प्रक्रियामा !’

प्रतिक्रिया दिनुहोस्