Logo

डोजरमा आगजनी



Spread the love

९ फागुन, डाेटी – अज्ञात समूहले बुधबार राति जिल्लाका आदर्श र सायल गाउँपालिकास्थित दुई वटा डोजरमा आगजनी गरेका छन् ।

सायल गाउँपालिकामा जलाइएको डोजर गाउँपालिकाकै भएको र आदर्श गाउँपालिकामा जलाइएको डोजर स्थानीय व्यक्तिले सडक निर्माणका लागि काठमाडौँबाट भाडामा ल्याएको भन्ने जानकारी प्राप्त भएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । उनले भने, “अज्ञात समूहले डोजर जलाएको भन्ने खबर आएको छ, कसले र किन जलाएका हुन् खोजी हुँदै छ ।”

आगजनीका कारण सायल गाउँपालिकाको डोजरमा पूर्ण रुपमा क्षती भएको र आदर्श गाउँपालिकामा जलाइएको डोजरमा सामान्य क्षती भएको भन्ने जानकारी आएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्