Logo

आर्सनलको जित, युनाइटेड बराबरीमा रोकियो



Spread the love


एजेन्सी । गए राति सम्पन्न भएको यूरोपा लिग फुटबल अन्तर्गत अन्तिम–३२ को खेलमा आर्सनलले जित निकाल्दा म्यान्चेस्टर युनाइटेड बराबरीमा रोकिएको छ ।


इङ्ग्लिस क्लब आर्सनलले ग्रिसेली क्लब ओलम्पिकाओसलाई हराउँदा युनाइटेड बेल्जियमको क्लब ब्रुग्रासँग बराबरीमा रोकिएको हो ।
पाहुना टोलीका लाकाजेटले खेलको ८९ औं मिनेटमा निर्णाक गोल गरे ।
दोस्रो लेगको खेल आर्सनलको घरेलु मैदानमा हुनेछ ।

म्यानचेस्ट युनाइटेडले ब्रुगासँग १–१ को बराबरीमा खेलेको छ । ब्रुगाका डेनिसले खेलको १५ औँ मिनेटमा गोल गरी घरेलु टोलीलाई अग्रता दिलाएका थिए । खेलको ३६ औँ मिनेटमा युनाइटेडका एन्थोनी मार्सलले ब्रुगाविरुद्ध गोल फर्काइ खेल बराबरीमा रोकिएको थियो ।
दोस्रो लेगको खेल युनाइटेडको घरेलु मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्