Logo

सरकारका कामहरू अझ सशक्त रूपले लैजाने बारे छलफल भइरहेको छ –प्रचण्ड



Spread the love

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका कामहरु अझ सशक्त रुपले लैजान पार्टीभित्र छलफल भइरहेको बताएका छन् ।

प्रेस संगठन नेपाल, नवलपुरद्धारा आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले एमसीसी अध्ययन कार्यदलले शुक्रबार प्रतिवेदन बुझाएको र सोही प्रतिवेदनबारेमा अध्ययन भइरहेको बताए ।

एमसीसी अन्तर्गत ठुलो रकम आउनु सकारात्मक कुरा रहेको पनि उनले बताए ।
प्रचण्डले भने, ‘सचिवालयले चाँडै नै एमसीसीमा अध्ययन गर्नेछ । काम सम्पन्न गर्नको लागि कार्य भइरहेको छ ।’

सन्चारमन्त्रीको बारेमा पनि अनुसन्धान भइरहेको प्रचण्डले बताए ।

प्रतिक्रिया दिनुहोस्