Logo

काेराेना भाइरसकाे इन्कुवेसन पिरियड कति ?



Spread the love

एजेन्सी । चीनको हुवेइ प्रान्तका एक जना ७० वर्षीय वृद्ध कोभिड–१९ अर्थात् कोरोना भाइरसबाट संक्रमित थिए तर २७ दिनसम्म कुनै पनि लक्षणहरु देखिएनन् । त्यहाँको स्थानीय सरकारका अनुसार भाइरसको इन्कुवेसन पिरियड (उष्मायन अवधि) १४ दिनभन्दा बढी हुन सक्ने बताएको छ ।

यसभन्दा अघि भाइरसको इन्कुवेसन पिरियड (उष्मायन अवधि) १४ दिन मानिएको थियो ।

उष्मायन अवधि जति लामो हुन्छ उति नै भाइरस फैलिन सक्ने सम्भावना बढी हुन्छ । भाइरसबाट संक्रमित भएपछि र त्यसको लक्षण देखिनुबीचको अवधिलाई इन्कुवेसन पिरियड अर्थात् उष्मायन अवधि भनिन्छ ।

कोरोना भाइरसको कारण चीनमा २ हजारभन्दा बढीको ज्यान गइसकेको छ भने विश्वका विभिन्न देशमा फैलिएको छ ।

सरकारी वेवसाइटका अनुसार आफ्नो परिवारिक नामले चिनिएका जियाङ जनवरी २४ मा आफ्नो कारमा उत्तर पश्चिमी हुवेइबाट शिंजोजिया फर्किएका थिए । जहाँ उनले आफ्नी बहिनीलाई भेटे । उनकी बहिनी पनि कोरोना भाइरसबाट संक्रमित थिइन् । स्थानीय सरकारका अनुसार जियाङलाई फेब्रुअरी २० मा ज्वरो देखिएको थियो र परीक्षण गर्दा कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्