Logo

ज्येष्ठ नागरिकलाई घरघरै उपचार



Spread the love

११ फागुन, नुवाकोट – नुवाकोटको विदुर नगरपालिकाले आफ्ना १३ वटै वडामा निःशुल्क ज्येष्ठ नागरिक स्वास्थ्य अभियान सञ्चालन गरेको छ । नगरपालिका कार्यालयले ज्येष्ठ नागरिकको सामान्य उपचारका लागि पनि धाएर सदरमुकाम आउनुपर्ने बाध्यता न्यूनीकरण गर्ने उद्देश्यले शिविर सञ्चालनमा ल्याएको नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बताइन् ।


“विदुर नगरपालिकाको स्वास्थ्य शाखामा रहेका कर्मचारी, वडावडाका स्वास्थ्यचौकीहरुमा रहेका स्वास्थ्यकर्मीलगायतलाई परिचालन गरी प्रत्येक वडाका नागरिक र ज्येष्ठ नागरिकहरुलाई घरघरमै गई उपचार गर्ने अभियान चालेका छौँ”, प्रमुख पण्डितले भनिन् ।


शिविरमा ज्येष्ठ नागरिकको उच्च रक्तचाप, ज्वरो, रुवाखोकी, मधुमेह, पक्षाघात, हृदयाघात, मिर्गाैलालगायत जाँच र उपचार निःशुल्क हुनेछ । नगरपालिकाका उपप्रमुख गीता दाहालले घरघरमै गएर उपचार गर्दा ज्येष्ठ नागरिकलाई केही राहत मिल्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्