Logo

म्यानचेस्टर सिटीले रियल मड्रिडलाई हराउला त ?



Spread the love


एजेन्सी । विश्व फुटबलको दोस्रो ठुलो प्रतियोगिता च्याम्पियन्स लिग फुटबलको अन्तिम–१६ को खेल सुरु भइसकेको छ । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड र स्पेनिश महारथी रियल मड्रिडबीच पहिलो लेगको खेल बिहिबार राति मड्रिडको घरेलु मैदानमा हुँदैछ ।

यो सिजनमा दुबै टिमको लागि च्याम्पियन्स लिगको प्रतिस्पर्धा महत्वपूर्ण हुनेछ भन्ने कुरामा वर्णन गर्नु आवश्यक छैन ।

यो सिजनको प्रिमियर लिग अन्तर्गतको दोस्रो खेलमा सिटी आफ्नै घरेलु मैदानमा टोटेनहामसँग बराबरी खेलेको थियो । सोही दिनदेखि साविक विजेता सिटीले लिभरपुललाई भेट्याउन सकेको छैन । अब भेट्याउन असम्भव नै छ ।

अर्को साता कारबाओ कपको फाइनलमा सिटी एस्टन भिल्लासँग प्रतिस्पर्धा गर्दै छ । सो खेलभन्दा अघि रियलसँगको खेलबाट सिटीले यो सिजन बचाउन सक्ने नसक्ने पक्का हुनेछ । पेप सिटीमा अनुबन्ध भएपछि सिटी तीनपटक च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाट बाहिरिएको छ । यसै गरी हालचाल यूईएफएले सिटीमाथि लगाएको प्रतिबन्धले पनि प्रतिस्पर्धामा सिटीले आफ्नो जित निकाल्ने अनुमान गर्न सकिन्छ ।

हुन त यस्ता खालका कारणले सिटीका खेलाडीहरुमाथि तनाव हुन सक्छ । जसले गर्दा सिटीले कमजोर प्रदर्शन गर्न सक्छ । अहिले ग्वार्डिओलाले सिटीका खेलाडीहरुलाई तयारीमा राखिरहेका छन् ।

गत शनिबार भएको खेलमा लेस्टरमाथि जित निकालेपछि ग्वार्डिओलाले रहीम स्टर्लिङ र लिरोय साने मड्रिडको घरेलु मैदानमा उपस्थित हुन सक्ने बताएका थिए । डेविड सिल्भा र लापोर्टे दुबै सही अवस्थामा छन् ।

गत अगस्टमा कम्युनिटी सिल्डको फाइनलमा साने घाइते भएका थिए । सोही दिनबाट ग्वार्डिओलाले बनाएको टिमबाट कोही न कोही प्रत्येक खेलमा देखिएका छैनन् । यहीं कारणले गर्दा सिटी यो सिजनमा खस्किएको छ । लापोर्टेको प्रदर्शनले सिटीको प्रदर्शन राम्रो हुन सक्छ ।
यसै गरी स्टर्लिङ र साने पनि टिममा आए भने मड्रिडमाथि विजय गर्न सक्ने सम्भावना हुन्थ्यो ।

यता रियल मड्रिड पनि पछिल्लो समय खस्किरहेको छ । बेन्जेमाको भरमा मड्रिड टिकिरहेको छ । चेल्सीबाट रियलमा अनुबन्ध भएका बेल्जियमका खेलाडी इडेन हजार्ड घाइते भएको कारणले केही समय मैदानमा देखा पर्ने छैनन् । मड्रिडलाई सिटीले जित्न सक्ने सम्भावना भने बढी नै छ ।

प्रतिक्रिया दिनुहोस्