Logo

कोबी ब्रायन्टको मृत्यु हुँदा मभित्रको एक भाग पनि मर्यो–माइकल जोर्डन



Spread the love


एजेन्सी । छ पटक एनबीए च्याम्पियन भएका माइकल जोर्डनले बास्केटबलका लिजेन्ड कोबी ब्रायन्टको मृत्यु हुँदा मभित्रको एक भाग पनि मरेको बताएका छन् ।

कोबी र उनकी १३ वर्षीया छोरी जनवरी २६ मा हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएको थियो ।

सोमबार कोबी ब्रायन्टको श्रद्धान्जलि कार्यक्रममा बोल्दै जोर्डनले भने, “बास्केटबल, जीवन र अभिभावकका रुपमा कोबीले आफ्नो चिज सबै दिए ।”

“उनी एक उत्कृष्ट बास्केटबल खेलाडी थिए । अब उनको पूर्ति कसैले गर्न सक्दैन । उनको मृत्युसँगै मभित्रको पनि एक एक भाग मरेको छ”, जोर्डनले थपे ।

ब्रायन्ट लेकर्स टिमबाट बास्केटबल खेल्दथे । ब्रायन्टले ३३,६४३ पोइनटसहित लेकर्सको सर्वाधिक पोइन्ट स्कोरर र एनबीएको चौथो नम्बरमा रहेर आफ्नो खेल जीवन समाप्त गरेका थिए ।

सन् २००८ र २०१२ को ओलम्पिकमा उनले अमेरिकाका लागि गोल्ड मेडल पनि जितेका थिए । यति मात्र होइन, उनले सन् २०१८ मा एनिमेटेड सर्ट फिल्मबाट एकेडेमी अवार्ड पनि जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्